काठमाडौं । भारतबाट नेपाल आएका रञ्जित साहनी फलफूल बेच्ने एक व्यापारी हुन्, जसले आफ्नो जीवनको कठिन संघर्ष गर्दै नेपाली बजारमा आफ्नो पहिचान बनाएका छन्। रञ्जित साहनी भारतको बिहार राज्यबाट नेपाल आएका हुन्। उनी विगत पाँच वर्षदेखि काठमाडौंको बल्खु बजारबाट फलफूल खरिद गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री गर्दै आइरहेका छन्।
बल्खु बजार, जुन नेपालको ठूलो थोक फलफूल बजारमध्ये एक हो, साहनीका लागि फलफूलको मुख्य स्रोत हो। रञ्जितले आफ्नो व्यापारको सुरुवात निकै सानो स्तरबाट गरे। “मैले भारतमा परिवार चलाउन निकै समस्या भयो। त्यसपछि नेपालमा आएर नयाँ व्यापार सुरु गर्ने सोच बनाएँ,” उनले भने। आज उनी बल्खु बजारबाट स्याउ, केरा, अंगुर, अनारजस्ता विभिन्न प्रकारका फलफूल लिएर ठेलागाडामा बिक्री गर्छन्।
उनको दिन बिहान ३ बजे बल्खु बजारबाट फलफूल उठाएर सुरु हुन्छ। त्यहाँबाट फलफूल ल्याई काठमाडौंका विभिन्न टोल र बजारमा बिक्री गर्न जान्छन्। “पहिले निकै गाह्रो थियो। भाषा, संस्कृति, र यहाँको व्यापार शैली बुझ्न समय लाग्यो। तर अहिले मलाई नेपाली समुदायले निकै माया र सहयोग गरेको महसुस हुन्छ,” उनले बताए। साहनीले नेपालमा आफ्नो व्यापारलाई मात्र नभई व्यक्तिगत जीवनलाई पनि व्यवस्थित गरेका छन्। “यहाँको वातावरण र मानिसको सहयोगी भावना मलाई धेरै मन पर्छ। नेपाली बजारमा मलाई राम्रो ग्राहक भेटिन्छन्,” उनले थपे।
उनको संघर्षमय कथा धेरैका लागि प्रेरणा बनिरहेको छ। उनले भारतीय नागरिक भएर पनि नेपाली समाजमा घुलमिल हुँदै आफ्नो जीवनलाई सफलतातर्फ डोर्याएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


