Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) क्यानबेराको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न


आइतबार, माघ ६ २०८१
  • 873
    SHARES

  • images
    नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) क्यानबेराको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

    क्यानबेरा, १९ जनवरी २०२५ : नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) क्यानबेराद्वारा आयोजित वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। यर्राबी पन्ड डिस्ट्रिक्ट पार्कमा सम्पन्न यस कार्यक्रमले नेपाली कला, संस्कृति र साहित्यको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    images
    images
    images
    IMG-20250119-WA0009.jpg

    कार्यक्रमको सुरुवात ख्यातिप्राप्त साहित्यकार रामप्रसाद कोईरालासँगको विशेष भेटघाट र उनको चर्चित कृति “मेरी उनी र म” मा आधारित अन्तरक्रियामा उपस्थित दर्शकहरूले उनको अनुभव र कृतिबारे गहन छलफलमा भाग लिँदै साहित्यमा रुचि बढाएका थिए। 

    IMG-20250119-WA0013.jpg

    गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो। बालबालिकाहरूको नृत्यले कार्यक्रमलाई झन् रमाइलो बनायो। बार्बिक्यु पार्टीले सहभागीहरूको स्वादिलो क्षण सिर्जना गर्‍यो।

    IMG-20250119-WA0011.jpg

    नयाँ वर्षको शुभकामना आदानप्रदानले उपस्थित सबैलाई एकआपसमा जोड्यो। कार्यक्रमको अन्त्यमा स्थानीय कलाकार र स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे । यो सम्मानले उनीहरूको योगदानको कदर गरिएको र प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमहरू आयोजना गरी नेपाली कला र संस्कृतिलाई अझ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्‍यो।

    IMG-20250119-WA0008.jpg

    कार्यक्रममा सहभागी सबैले यो दिनलाई सम्झनलायक बनाएको भन्दै धन्यवाद व्यक्त गरे।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ