Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भारतवाट मुक्तिनाथ लैजाने क्रममा पोखरामा रोकियो ऊँट, पशु कल्याणका लागि ठोस कदमको आवश्यकता


ग्लोबल पाना
बिहीबार , माघ १० २०८१
  • 1,417
    SHARES

  • images
    भारतवाट मुक्तिनाथ लैजाने क्रममा पोखरामा रोकियो ऊँट, पशु कल्याणका लागि ठोस कदमको आवश्यकता

    पोखरा । भारतबाट नेपाल ल्याइएको एउटा ऊँटलाई मुक्तिनाथ लैजाँदै गरेको घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। अत्यधिक भारी बोकाएर पहेंलो वस्त्र लगाएका दुई व्यक्तिले ऊँट डोर्‍याउँदै गरेको भिडियो सार्वजनिक भएपछि यो विषयले जनावरको अधिकार र कल्याणप्रति गम्भीर प्रश्न खडा गरेको छ।

    images
    images
    images

    पोखराको लेखनाथ क्षेत्रमा देखिएको यो ऊँट मरुभूमिमा बस्ने जनावर भएकाले गह्रौं भारीका साथ पहाडी क्षेत्रमा यात्रा गरिनु यसको स्वास्थ्य र सुरक्षा दुवैका लागि अत्यन्त हानिकारक ठहरिएको छ। पशु कल्याणको क्षेत्रमा सक्रिय रुपमा काम गर्ने  पोखराका देव उपाध्याय र अन्य व्यक्तिहरूको प्रयासले यो ऊँटलाई त्यही स्थानबाट फर्काउन सफल भएका छन्। उनीहरूको यस कदमले ऊँटलाई थप कष्टकर यात्राबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    यो घटनाले नेपालमा जनावरहरूको अधिकार र कल्याण सुनिश्चित गर्न थप सजगता र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखाएको छ। यस्ता जनावरलाई लामो र पीडादायी यात्रा गराउनु अमानवीय व्यवहार हो। स्थानीय समुदाय र अधिकारकर्मीहरूले देखाएको सक्रियता सराहनीय छ। यस्ता घटनाहरू दोहोरिन नदिनका लागि सम्बन्धित निकायमा तत्काल जानकारी गराउनु आवश्यक छ। पशु अधिकार र संरक्षणका लागि नेपालमा थप कडा नीति र प्रभावकारी कार्यान्वयनको खाँचो रहेको यस घटनाले स्पष्ट गरेको छ।

    जनावरका हक अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले पनि यस घटनालाई लिएर सरकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुपर्ने देखिन्छ । यस्ता घटनाहरू रोक्न जनावरको आयात र ढुवानीमा स्पष्ट निर्देशिका बनाउनका लागि पहल गर्दै जनावरहरूको कल्याणका लागि यस्तो घटना दोहोरिन नदिन सबै संघसंस्था मिलेर सामूहिक रुपमा सम्वन्धित निकायलाई झक्झकाउन आवश्यक देखिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ