Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज ११४८ समलिङ्गी जोडीले सामुहिक बिबाह गर्दै


ग्लोबल पाना
बिहीबार , माघ १० २०८१
  • 301
    SHARES

  • images
    आज ११४८ समलिङ्गी जोडीले सामुहिक बिबाह गर्दै

    काठमाडौं । थाइल्याण्डमा आज ११४८ समलिङ्गी जोडीले सामुहिक बिबाह गर्दैछन् । राजधानी बैंककमा मात्रै लगभग ३११ समलिङ्गी जोडीहरूले आज बिबाह दर्ता गर्दैछन् । बैंकक प्राइडले लक्जरी सियाम प्यारागन शपिंग मलमा आयोजना गरेको कार्यक्रममा उनीहरू उपस्थित हुदैँछन् ।

    images
    images
    images

    बैंककका अन्य जोडीहरू सहरका ५० जिल्ला कार्यालयहरू मध्ये कुनै एकमा जानेछन, जहाँ उनीहरूका लागि पायक पर्नेछ । यद्यपि केही जिल्ला र क्षेत्र भने शुभ नामको कारणले अरूहरू भन्दा बढी लोकप्रिय छन्। उदाहरणको लागी ‘ब्यांग राक’ जिल्ला, जसको अर्थ ‘प्रेमको जिल्ला’ हो र ‘बैंग सु’ जिल्ला जसको अर्थ हो, ‘इमानदारीको जिल्ला’, जो समलिङ्गीहरूले आफ्नो बिबाहका लागि दर्ता गराउन चुनिएका जिल्लामा पर्छन् ।

    देशभरि, कम्तिमा ११४८ समलिङ्गी जोडीहरूले आज साँझसम्म सामुहिक विवाह गर्ने दावी गरिएको छ। एलजिबिटीका कार्यकर्ताहरू भन्छन्, ‘विवाह समानताको लागि परिवर्तन ११४८ जोडीहरू यसमा सहभागी हुनेछन ।’

    थाइल्यान्डको संसदले गत बर्ष पारित गरेको र गत वर्ष नै राजाद्वारा अनुमोदित कानून अन्तर्गत समलिङ्गी जोडीहरूले पूर्णरूपमा कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्ने अधिकार दिईएक‍ो थियो ।

    प्रधानमन्त्री पातोङ्गटार्न सिनावात्राले गत हप्ता एक कार्यक्रममा यो घटनालाइ देशको सफलता भन्दै प्रशंसा मात्रै गरेनन्, जब उनले दर्जनौं एलजिबिटी जोडी र त्यसका लागि लडिरहेका सामाजिक कार्यकर्तालाई सरकारी कार्यालयहरूमा आमन्त्रित गरेर भोजसमेत दिएका थिए ।

    बिहिवार हुने बिबाह समारोहलाइ कतिपय सरकारी निकायले पनि सहयोग गरेका छन् ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ