Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रेड्मी १३ अब छुट मूल्यमा


ग्लोबल पाना
सोमबार, माघ १४ २०८१
  • 291
    SHARES

  • images
    रेड्मी १३ अब छुट मूल्यमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ ।

    images
    images
    images

    हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भन्नुभयो, “रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा हामी निकै खुसी छौँ । रेड्मी १३ कार्यक्षमता, नवीनता र डिजाइनको उत्कृष्ट संयोजन भएको डिभाइस हो । यस मूल्य समायोजनले ग्राहकहरूलाई अझ सन्तुष्ट बनाउने विश्वास हामीलाई छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”

    रेड्मी १३ का मुख्य विशेषताहरू रेड्मी १३ को शक्तिशाली मेडियाटेक हेलिओ जी९१–अल्ट्रा प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र दैनिक प्रयोगलाई सहज र प्रभावकारी बनाउँछ । साथै रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । ९० हर्जको रिफ्रेस रेट र टियुभी राइनल्याण्डबाट सर्टिफाइड डिस्प्लेले जीवन्त रंग प्रदान गर्नुका साथै आँखालाई आरामदायक दृश्य अनुभव प्रदान गर्दछ ।

    १०८ मेगापिक्सेल मुख्य क्यामेरा र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको रेड्मी १३ ले हरेक फोटोलाई स्पष्ट र सटीक रूपमा कैद गर्न सक्षम बनाउँछ भने १३ मेगापिक्सेलको प्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्दछ । ५०३० एमएएचको लामो समय टिक्ने ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधाले ग्राहकहरूलाई दिनभरिका लागि ब्याट्री पावर प्रदान गर्नुका साथै छिटो चार्ज गर्न पनि सक्षम बनाउँछ ।

    रेड्मी १३ को नयाँ मूल्य तथा उपलब्धताः

    ६ जिबी + १२८ जिबीः पुरानो मूल्य – रु. १८,९९९ । नयाँ मूल्य – रु. १७,९९९

    ८ जिबी + २५६ जिबीः पुरानो मूल्य – रु. २१,९९९ । नयाँ मूल्य – रु. २०,९९९

    रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध रहेको छ । यो स्मार्टफोन देशभरका सबै एमआई स्टोरका साथै शाओमीका आधिकारिक स्टोरहरूमा किन्न सकिनेछ ।

    रेड्मी १३ अब झनै आकर्षक मूल्यमा उपलब्ध भएपछि प्रयोगकर्ताहरूले भरपर्दो र शक्तिशाली स्मार्टफोनको अनुभव पाउन झनै सहज भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ