काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा हुन गइरहेको Skill Fest Asia 2025 मा नेपालबाट प्रतिस्पर्धा गर्न ५ जना उत्कृष्ट टिभीएस मेकानिकहरू छनोट भएका छन् । नेपालभरि विभिन्न क्षेत्रीय तथा राष्ट्रियस्तरका थिओरेटिकल र प्राक्टिकल टेस्ट (TVS Mechanic ko Badsha) मार्फत प्रतिस्पर्धा गरी उत्कृष्ट ३० जना टेक्निसियनमध्येबाट उत्कृष्ट पाँच जनालाई छनोट गरिएको हो।
उक्त प्रतियोगिता २०२५ जनवरी २३ देखि २७ सम्म सञ्चालन गरिएको थियो, जसमा विभिन्न चरण पार गर्दै यी ५ जना मेकानिकहरूले TVS Nepal को प्रतिनिधित्व गर्दै Skill Fest Asia 2025 मा प्रतिस्पर्धा गर्ने मौका पाएका छन्।
छनोट भएका उत्कृष्ट मेकानिकहरू:
S.N. Name Dealer Name Town
1st Rakesh Ngakhusi R.D. Auto Trade Sallagari, Bhaktapur
2nd Suresh Gurung Gandaki Motors Pokhara(Parsayang)
3rd Sujan Rayamajhi Bike Mart Nepal Pvt.Ltd. Khusibu
4th Sanam Mahato Mahalaxmi Enterprises Tandi
5th Sajan Maharjan Jagadamba Enterprises Teku
विगतमा पनि नेपालबाट सहभागिता जनाउँदै TVS Nepal ले Skill Fest Asia मा ग्लोबल दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। यसपटक नेपालका उत्कृष्ट मेकानिकहरूले अन्तर्राष्ट्रिय स्तरमा थप उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
नेपालबाट छनोट भएका मेकानिकहरूले TVS Nepal को तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन्, जसले नेपालको मेकानिकल सीप र दक्षतालाई विश्वसामु चिनाउने अवसर प्रदान गर्नेछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


