Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर


ग्लोबल पाना
सोमबार, माघ २१ २०८१
  • 291
    SHARES

  • images
    इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर

    काठमाडौं । हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो ।

    images
    images
    images

    यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। यस प्रवर्द्धन अन्तर्गत, इंडेक्स एक्सचेन्जको संयुक्त अरब इमिरेट्सभरि रहेका कुनै पनि शाखाबाट आफ्ना प्रियजनलाई पैसा पठाउने ग्राहकहरूले हरेक दश दिनमा भाग्यशाली चिट्ठा मार्फत शानदार उपहार जित्ने मौका पाउनेछन्। उपहारहरूमा चार वटा गाडी,सुन,नगद र नेपालमा घर समेत समावेश छन्।

    बुल्डोजर - हिम्मत, साहस, भरोसा र शक्तिको प्रतीक इंडेक्स एक्सचेन्जले यस वर्षको अभियानमा बुल्डोजरलाई हिम्मत, साहस, आत्मविश्वास र शक्तिको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यस प्रवर्द्धनको मुख्य उद्देश्य विदेशमा संघर्ष गरिरहेका आप्रवासी श्रमिकहरूको मेहनतलाई सम्मान गर्नु रहेको जनाईएको छ ।

    आर्थिक कठिनाइ, पारिवारिक जिम्मेवारी, र चुनौतीहरू सामना गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रवासी नेपालीहरूमा समर्पित गरिएको र बुल्डोजरले जस्तै आफ्ना दुख, बाधा, र समस्या भत्काएर जीवनको बाटो सरल बनाउन प्रेरित गर्ने सन्देश यस अभियानले बोकेको पनि कंपनीले जानकारी दिएको छ। यस प्रवर्द्धनमा सहभागी भई हरेक दश दिनमा हुने भाग्यशाली चिट्ठा मार्फत आफ्नो भाग्य बदल्ने अवसर लिनसक्नेछन्।

    इंडेक्स एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले संयुक्त अरब इमिरेट्समा रहेका सबै नेपाली समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ। इंडेक्स एक्सचेन्ज - भाग्य बदल्ने अवसरहरू हरेक वर्ष, इंडेक्स एक्सचेन्जले विभिन्न आकर्षक प्रवर्द्धनहरू आयोजना गर्दै आइरहेको छ।

    पछिल्ला वर्षहरूमा थुप्रै नेपालीहरूले बहुमूल्य उपहार जितिसकेका छन्। प्रमुख व्यापार प्रबन्धक मिर के रसूलका अनुसार, अघिल्लो प्रवर्द्धनमा एक नेपाली ग्राहकले नेपालमा घर जितेका थिए भने कैयौँले लाखौं रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक, इंडेक्स एक्सचेन्जले वित्तीय साक्षरता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

    केही महिना अघि, अबकी बार, हुण्डी पे वार भन्ने नारासहित संयुक्त अरब इमिरेट्सभरि अवैध विप्रेषण (हुण्डी) विरुद्ध सचेतना अभियान सञ्चालन गरिएको थियो। त्यसपछि, नेपाली समुदायलाई लक्षित गर्दै विन ए मिलियनको तेस्रो संस्करण ल्याइएको थियो, जसअन्तर्गत दश लाख नगद पुरस्कार र कैयौँ नेपाल जाने हवाई टिकट वितरण गरिएको थियो।

    कम्पनीले आगामी दिनहरूमा पनि नेपाली समुदायका लागि आकर्षक अफरहरू ल्याइरहने नेपालका लागि इंडेक्स एक्सचेन्जका प्रतिनिधि नवीन पौडेलले जानकारी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ