Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिस्नेका ३ समुदायलाई सुरक्षित खानेपानीयुक्त घोषणा


ग्लोबल पाना
आइतबार, पुस २४ २०७९
  • 217
    SHARES

  • images
    सिस्नेका ३ समुदायलाई सुरक्षित खानेपानीयुक्त घोषणा

    रुकुम । रुकुमपूर्वको सिस्ने गाउँपालिकाका तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएका छन् । गाउँपालिकाको ५ नं वडाको रुमालबारा, ६ नं वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीययुक्त समुदाय घोषणा गरिएको हो ।

    images
    images
    images

    ती समुदायका आठ सय १० घरपरिवारका मानिस सुरक्षित पानीको पहुँचमा पुगेपछि यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

    समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि स्थानीय सरकारको पहिलो कार्यकालमा विसं २०७८ माघ १६ गतेको दिन तत्कालीन गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको ७३औँ कार्यकापलिका बैठकले खानेपानी गुणस्तर कार्यविधि २०७८ तथा सुरक्षित खानेपानी गुणस्तर कार्यविधि, २०७८ पारित गरी कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले जानकारी दिए ।

    यी समुदायले प्रयोग गर्ने पानीको मुहान, पाइपलाइन, ट्याङ्की मर्मतसम्भार गरी आवश्यकताका आधारमा प्रत्येक समुदायको ५०-५० घरधुरीलाई एक घर एक धारा निर्माण गरिएको थियो । त्यसपछि खानेपानी सुरक्षाका विभिन्न चरणहरु पूरा गरिएको कार्यपत्रमा उल्लेख छ । सुरुमा टोली गठन, प्रणालीको विश्लेषण, प्रदूषण पहिचान, जोखिम विश्लेषण, नियन्त्रण र उपाय, सुधार कार्ययोजना तर्जुमा र कार्यान्वयन, अनुगमन र प्रमाणीकरण गरेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

    प्रतिवेदन सार्वजनिक गरेपछि समुदायस्तरमा खानेपानीको मर्मत, सम्भार, सहज पहुँच, तथा दिगोपनाका लागि वार्षिकरूपमा उपभोक्ता समिति, वडा पालिका तथा गाउँपालिकाबीचमा त्रिपक्षीय सम्झौता पनि भएको छ । सोही सम्झौताअनुसार उपभोक्ता समितिले रु १० हजारदेखि ३० हजारसम्मको खर्च वडापालिकाले र तीस हजारभन्दा माथिको खर्च आएमा गाउँपालिकाले आन्तरिक स्रोत तथा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने भएको कार्यपत्रमा उल्लेख छ ।

    सुरुमा ती समुदायले प्रयोग गर्ने मुहानको पानी परीक्षण गर्दा कोलिफर्म र इ-कोली भेटिएको थियो । पानीलाई सुरक्षित गराउन बिल्चिङ पाउडर क्लोरिनेसन, फिल्टर, अकोटेप, पिउस तथा खानेपानी सुरक्षा योजना अपनाई उपभोक्ता समितिलाई खानेपानी उपलब्धता गराइएको थियो । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणासभा कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले यसै अभियानबाट दिगो विकासको लक्ष्यमाथि एउटा इँटा थपेको बताएका छन् ।

    अहिले यी तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको र आगामी दिनमा अन्य टोल, समुदाय, वडा हुँदै पालिकालाई घोषणा गर्ने अभियानमा जोडबलका साथ लाग्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेर गाउँपालिकामा राम्रो कामको सुरुआत भएको बताए ।

    युनिसेफ र रुक्मेली समाज विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सिस्नेका यी तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । घोषणा कार्यक्रममा यस अभियानमा सहयोग पुर्‍याउने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ