Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा डल्फिन संरक्षणप्रति चासो, लोपोन्मुख अवस्थाबारे NAWES को पहल


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 254
    SHARES

  • images
    नेपालमा डल्फिन संरक्षणप्रति चासो, लोपोन्मुख अवस्थाबारे NAWES को पहल

    काठमाडौं । नेपालमा डल्फिनको अस्तित्व खतरामा पर्दै गएको भन्दै संरक्षणकर्मीहरू चिन्तित भएका छन्। नेपालकाे कर्णाली नदीमा पाइने डल्फिन अहिले लोपोन्मुख अवस्थामा पुगेको तथ्याङ्कहरूले देखाएका छन्। नेपाली वन्यजन्तु तथा जलचर संरक्षणका क्षेत्रमा सक्रिय संस्था NAWES (Nepal Animal Welfare and Environment Society) ले यस विषयमा सरकारको ध्यानाकर्षण गराउन पहल थालेको छ।

    images
    images
    images

    NAWES का प्रतिनिधिहरूले वन तथा वातावरण मन्त्रालय र सम्बन्धित निकायहरूसँग भेट गरी डल्फिन संरक्षणका लागि नीति निर्माण, अवैध माछा मार्ने प्रवृत्तिमा कडाइ साथै डल्फिन पाइने नदी क्षेत्रको अध्ययन तथा सुरक्षा बढाउन माग गरेका छन्।

    यसै क्रममा, NAWES ले सरोकारवालाहरूबीच अन्तरक्रिया गर्दै डल्फिन संरक्षणका उपायबारे छलफल गरिरहेको छ । वातावरणविद्, अनुसन्धानकर्ता, सरकारी अधिकारी, स्थानीय समुदाय तथा संचारमाध्यमको सहभागितामा जलचर जैव विविधताको महत्व, डल्फिन घट्दै जानुका कारण र तत्काल गर्नुपर्ने उपायहरू बारे बहस भइरहेको छ ।

    NAWES ले डल्फिनलाई कानुनी रूपमा अझै कडा संरक्षण प्रदान गर्न, तिनको वासस्थान सुरक्षित गर्न र स्थानीय समुदायलाई जागरूक गराउने कार्यक्रमहरू सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ