Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘पहाड’ मार्फत निर्देशकमा फर्किए तुलसी घिमिरे


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 319
    SHARES

  • images
    ‘पहाड’ मार्फत निर्देशकमा फर्किए तुलसी घिमिरे

    काठमाडौं। निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन्। आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक घिमिरेले निर्देशन कमब्याक गरेका हुन्। उनले फिल्ममा पुराना र दिग्गज कलाकार र प्राविधिकको चयन गरेका छन्। फिल्ममा शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा देखिँदैछन्।

    images
    images
    images

    यस्तै, उनले छायाँकारको रुपमा प्रमोद प्रधानलाई नेपाल ल्याएका छन्। भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्। उनी तीस वर्षपछि नेपाली फिल्म छायाङ्कन गर्न नेपालमा आएका हुन्। फिल्मका लागि रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्।

    पछिल्ला केहि फिल्म दर्शकको रुचिमा नपरेपछि निर्देशक घिमिरे यसपटक पुनः बलियो कथा र टिम लिएर दर्शकसामु पुग्दैछन्। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको कथा निर्देशक घिमिरेले नै तयार पारेको हो।

    उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’

    यसै फिल्ममार्फत निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरे अभिनेत्री बनेर डेब्यु गर्दैछिन्। उनले अभिनेता मदनकृष्ण श्रेष्ठ र अरुण क्षेत्रीसँग मुहुर्त सट दिएकी थिइन्। निर्देशक घिमिरेले छोरीमा देखिएको आत्मविश्वास र कैद भएको दृश्यले आफूमा उत्साह थपेको बताए।

    उनले छोरीले आफ्नै पेसा फिल्मकर्मलाई रोजेकोमा खुसी व्यक्त गरे। किनकि अन्य पेसाका अभिभावक झैँ उनी छोरीले फिल्ममा काम गरेको हेर्न चाहन्थे।

    ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन्। फिल्मको छायाङ्कन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने छ।

    भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन्। यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्।

    रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशन गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ