Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नू : मन्त्री दाहाल


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 248
    SHARES

  • images
    विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नू : मन्त्री दाहाल

    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखलाई बाढीपहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न मन्त्री दाहालले मंगलबार निर्देशन दिएका हुन्।

    images
    images
    images

    ‘हामीले विभिन्न माइलस्टोन कायम गरेका छौं। तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला,’ मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो। यसको अधिकतम उपयोग गरी लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ।’सडक एवं पुल निर्माणका लागि बाँकी ठेक्कालाई लगाई सक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजनाको व्यवस्थापनतर्फ लाग्नसमेत आग्रह गरे।

    यस्तै सवारी चालक अनुमतिपत्र वितरणलाई प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए।

    सम्भावनायुक्त थप नदीमा पानी जहाज सञ्चालनको अध्ययनका लागि नेपाल पानी जहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनको कानुनी व्यवस्थाका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री दाहालले बताए। यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआव्जा वितरणका लागि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए।

    यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए। हुलाकी राजमार्ग एवं पुल, पूर्वपश्चिम राजमार्गको विस्तार लगायत महत्वपूर्ण योजनाहरुमा ढिलासुस्ती हुन नदिन सडक विभागलाई निर्देशन दिए। वर्षाको समयमा यातायात अवरुद्ध हुन नदिन बिपी राजमार्गका साथै काठमाडौ–मुग्लिन, कृष्णभीर, झ्याप्लेखोला क्षेत्रमा विशेष ध्यान दिएर काम गर्न उनले निर्देशन दिए।

    ग्वार्को फ्लाई ओभरलाई चैतभित्रमा पूरा गराउनुपर्ने भन्दै उनले छिचोलिएको सिद्धबाबा सुरुङको बाँकी कामलाई तिव्रता दिन भन्दै नागढुंगा सुरुङण् सञ्चालनको मोडालिटी बनाउनसमेत आयोजना कार्यालयलाई निर्देशन दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ