Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ २७ २०८१
  • 440
    SHARES

  • images
    लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्न

    काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा १४ बर्षिय मार्स अम्गाईको कृति“समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानले प्रतेक महिनाको अन्तिम शनिवार आयोजना गर्नेगरेको बिभिन्न कृतिमाथि चर्चा परिचर्चा तथा कृति बिमोचन वा सार्वजनिकरण तथा लोकार्पण कार्यक्रम अन्तरगत यो श्रृंखलामा १४ बर्षिय मार्स अम्गाईको कृति“समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम गरेको हो ।

    images
    images
    images

    तारकेश्वर नगरपालिका शान्ति टोल स्थित प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजको सभाहलमा भएको यो कार्यक्रम लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे“अटल”को सभाध्यक्षता, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजि कोनेको प्रमुख आतिथ्यता एवं धार्दिङ बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) तथा कृति परिचर्चाकार देवराज सिंखडाको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

    लोमश वाङ्मय प्रतिष्ठानककी संस्थापक सकृय कार्यकारी केन्द्रिय सदस्य कमला घिमिरेले उद्योषण गरेको कार्यक्रममा प्रायोजक संस्थाको रुपमा रहेको प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेजका प्रिन्सिपल कमल ज्ञवालीले आगन्तुक श्रृष्टा तथा अतिथिहरुलाई स्वागत मनतब्य बाट स्वागत गर्नु भएको थियो । कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, सेवा निवृत शिक्षक संघ लमजुङका अध्यक्ष खुसीराम डौलिया,मुर्धन्य साहित्यकार केशव पुडासैनी (विमल) अमरज्योती पत्रिकाका सम्पादक बिष्णु प्रसाद आचार्य, संचारकर्मी जयराम बिडारी,चर्चित मुक्तककार सुनिल अधिकारी,लघु कथाकार लिलाराज दाहाल,छन्द बिशेषज्ञ हरिप्रसाद घिमिरे, मुक्तक मन्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे, लगायत बिभिन्न बिधाका श्रृष्टा तथा मिडियाकर्मीहरुको हरुको उपस्थिति रहेको थियो ।

    १४ बर्षका मार्स अम्गाइले लेखेका कृति“समानान्तर पृथ्वी” यहि कार्यक्रमका प्रमुख अतिथि ,बिशेष अतिथि लगायत अतिथिहरुको हातबाट सार्वजनीकरण गरिएको थियो । आफ्नो कृतिबारे बोल्द मार्स अम्गाइले कोरोना भाईरस (कोभिड-१९) को कारण देशमा लकडाउन भएको बेलामा एउटा एउटा गरि कथा लेखेर बाबा लाई देखाउँदै गर्दा आज किताबनै तयार भएको आफैंलाई पत्तो नभएको बताउनु भयो ।

    आफ्नो प्रेरणाको श्रोत घर परिवार भएको भन्दै अम्गाईले बाबालाई बिशेष धन्यवाद दिदैं आफ्नो पहिलो प्रयास भएकोले कतै त्रुटि भएको भए मिलाएर बुझ्न र सकारात्मक कमेन्ट गर्न उनले संपुर्ण पाठक वर्गलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा बोल्दै परिचर्चाकार देवराज सिंखडाले यति सानै उमेर देखि लेखन शैलीमा निखारता ल्याउँदै एउटा कल्पनामा डुबेर ज्ञानवर्दक र मनोरन्जन दुवै प्रदान गर्न सक्ने किताब तयार गरेकोमा मार्स अम्गाईलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।

    परिचर्चाकार सिंखडाले किताबको भावलाई एकत्रीत गरेर बुझ्न कोसिस गर्ने होभने यो कृतिले सामाजिकरुपमा कृतिकारको वास्तविक परिचय बनाउने माध्यम बन्न सक्ने ज्यादै सम्भावना रहेको बताउनु भयो । कार्यक्रम बारे बोल्दै सभाध्यक्ष माधव घिमिरे (अटल)ले साहित्यको क्षेत्रलाई उत्थान गर्दै पछिल्लो पुस्तामा देखिएको सांस्कृतिक र साहित्यीक बिचलन लाई अन्त्य गर्दै नयाँयुग सुहाउँदो भावनात्मक एकता पैदा गर्नको लागिनै यो लोमश वाङ्मय प्रतिष्ठान दर्ता भएर अगाडी बढीरहेको बताउनुभयो ।

    कार्यक्रममा आफ्नो मनतव्य राख्दै बिशेष अतिथि कृष्ण बहादुर थपलियाले तिनै गाउँपाखामा गाईवस्तु चराउने ठाउँबाटै शुरु भएको यो यात्रामा निरन्तरताले सफलता पाउने निश्चित रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रामकाजि कोनेले जिवन, जगत र प्रकृतिको संगम नै साहित्य हो भन्दै उत्कृष्ट मुक्तक कसरि लेख्ने भन्ने बिषयमा समेत केहि ट्रिकहरु बताउनु भयो ।

    कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आ— आफ्नो बिधाका प्रस्तुतीहरु समेत राख्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ