Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विश्लेषक आचार्य अख्तियार दिवसमा पुरस्कृत एवं सम्मानित


ग्लोबल पाना
सोमबार, माघ २८ २०८१
  • 371
    SHARES

  • images
    विश्लेषक आचार्य अख्तियार दिवसमा पुरस्कृत एवं सम्मानित

    काठमाडौं । पत्रकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत तथा सम्मानित भएका छन् । सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आचार्यलाई ३४ औं अख्तियार स्थापना दिवसमा पुरस्कृत एवं सम्मानित गरिएको हो ।

    images
    images
    images

    भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत आचार्यलाई नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

    स्तम्भकार आचार्य गतबर्ष पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसमा पुरस्कृत भएका थिए । स्वतन्त्र पत्रकार आचार्यले राजनीतिक तथा सुशासनको विषयमा कलम चलाउँदै आएका छन् ।

    सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित अख्तियार स्थापना दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा सभामुख देवराज घिमिरेले आचार्यलाई पुरस्कार र सम्मान प्रदान गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ