Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

खुवा व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी


ग्लोबल पाना
मंगलबार, माघ २९ २०८१
  • 267
    SHARES

  • images
    खुवा व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी

    हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ कमाउँदै आएका छन् । उनले यही पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनकोे दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।

    images
    images
    images

    खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मील सञ्चालन गर्दथे । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनले बताए । खुवाको हब बन्दै गएको सोही स्थानमा व्यवसाय सम्हाल्न पुगेका उनले आजभोलि दैनिक ३० किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै विभिन्न मिठाइका परिकार, केराको मःम, छोइला, पुष्टकारीहरु उत्पादनसँगै बिक्री हुनेगर्दछ ।

    खुवा व्यवसायमा मनग्य आम्दानी देखेका श्रेष्ठले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी समेत गरेका छन् ।
    उनले भने, ‘खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ । सोहीअनुरूप किसानलाई दस लाख रुपैंयाँ लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ