Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

समस्याग्रस्त आयोजनामा समाधान खोजिनुपर्छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
मंगलबार, माघ २९ २०८१
  • 282
    SHARES

  • images
    समस्याग्रस्त आयोजनामा समाधान खोजिनुपर्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्यास्त आयोजनामा समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन्। ‘आयोजनामा के कारणले समस्या देखिएको हो, त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्नुपर्छ,’ उनले भने।

    images
    images
    images

    मंगलबार मन्त्रालयमै भएको छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ सहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतिबारे जानकारी गराएका थिए। सो क्रममा उनीहरूले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजना भने अदालतमा मुद्दा परेकाले रोकिएको बताए।

    समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गिकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए। उनले मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागीय प्रमुखलाई ध्यानाकर्षण गराए।

    ‘आयोजनामा भएको समस्या के हो? समाधानको उपाय के हुनसक्छ? समस्या देखाउने मात्र नभई समाधानको विकल्पसहित तयारी गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानुनसम्मत टुंगोमा पुग्नुपर्छ। काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिनसकिन्छ। तर, ठेक्का लिएर समय थपपछि थप मात्र गर्ने काम अब नहोस्। परिणाम आउने गरी काम गर्नुपर्छ।’

    उपप्रधानमन्त्री सिंहले विकास निर्माणका काम वर्षौंसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने भन्दै अब नागरिकले परिवर्तनको महसुस गर्ने गरी आयोजना अघि बढाउनुपर्नेमा जोड दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ