Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने


ग्लोबल पाना
मंगलबार, माघ २९ २०८१
  • 262
    SHARES

  • images
    जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो। सरकारले ल्याएका अन्य पाँच अध्यादेशमा भने जसपा नेपालले सरकारलाई समर्थन गर्ने पार्टीका प्रथम उपाध्यक्ष राजकिशोर यादवले बताए।

    images
    images
    images

    भूमिसम्बन्धी ऐनमा २०७८ माघ २८ गते गरिएको आठौं संशोधनले गरेको भन्दा पनि दायरा फराकिलो हुने गरी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थितिलाई जग्गा वितरण गर्न र ठूला रियल स्टेट व्यवसायीलाई लाभ पुग्ने गरी अध्यादेश ल्याइएको भन्दै जसपाको आपत्ति रहेको उनले प्रस्ट पारे।

    सरकारले ल्याएका ६ वटै अध्यादेशका बारेमा पार्टीगत अध्ययनका लागि नेता रायादव नेतृत्वको गठन गरिएको कार्यदलले समेत भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो।

    सत्तारूढ कांग्रेस र एमालेले राष्ट्रिय सभाको अंकगणित सुनिश्चित नभएकाले सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा राखेको छैन। जसपा नेपालको समर्थनबिना कुनै पनि विधेयक राष्ट्रिय सभाबाट पारित हुने अवस्था छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ