✍️ निराजन देवकोटा
पुष्पगुच्छा लिएर नजिक आउन सक्दिन,
चिठ्ठी दिएर कुनै हुलाकी पठाउन सक्दिन ।
यो कस्तो प्रेम बस्यो तिम्रो मेरो धारैधारमा,
तिमी देखाउन सक्दिनौ म लुकाउन सक्दिन ।।
गगनको प्रिय पात्र धर्ती हौ तिमी रुझिदिनु,
म बादल हुँ बर्सिन्छु पीडा खटाउन सक्दिन ।।
बिपनीमा सँगै रम्ने आशा अपेक्षा राख्याछु प्रिय,
सपनीमा आएर तिमीलाई सताउन सक्दिन ।।
.gif)




 x 450 (H) Global Pana.jpeg)


