काठमाडौँ, नेपाल । रोमान्स र भव्यताका साथ यस भ्यालेन्टाइन डेमा मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा शानदार तरिकाले प्रेमको उत्सव मनाउनुहोस्। एकोरद्वारा व्यवस्थित मर्क्योर काठमाडौँ क्युरेट गरिएका डाइनिंग अनुभव र विशेष रोमान्टिक स्टे प्याकेजहरू सहितको असाधारण उत्सवमा रमाउन सबै जोडीहरूलाई हार्दिक आमन्त्रण गर्दछ।
काठमाडौँ उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्दछ। क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ यस होटलले यहाँहरूको प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत गर्दछ।
भ्यालेन्टाइन डाइन अनुभवहरू:
डाइन “अ भ्यालेन्टाइन्स सेलिब्रेसन, डेलिसियस्ली योर्स” यहाँहरूले हाम्रो दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्नु हुनेछ जहाँको रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्नेछ।
पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। मूल्य: प्रति जोडी ने.रू. ७,९९९ शुक्र बार – “सेलिब्रेट लभ अबोभ द सिटि लाइट्स” एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास-अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत गर्नेछ। लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ।
मूल्य: प्रति जोडी ने.रू. १२,९९९ भ्यालेन्टाइनका स्टे प्याकेजहरू रोमान्टिक भ्यालेन्टाइन रुम प्याकेज आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिनुहोस्। यस विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको आनन्द लिनुहोस्।
मूल्य: प्रति जोडी ने.रू. १७,९९९ नाइट टू रिमेम्बर - द अल्टिमेट रोमान्टिक एस्केप लक्जरियस रिट्रीट खोज्नेहरूका लागि यो प्याकेजमा ब्रेकफास्टको मज्जाका साथमा रोमान्टिक नाइट स्टे पनि समावेश हुनेछ जसले जोडीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।
मूल्य: प्रति जोडी ने.रू. २२,९९९ मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स यस भ्यालेन्टाइन डेमा सबै जोडीहरूलाई असाधारण र रमाइलो अनुभवका लागि काठमाडौँको मुटुमा अवस्थित विशेष रोमान्टिक गेटअवेमा आमन्त्रण गर्दछ। सोफिस्टीकेटेड अकोमोडेसन्स, उत्कृष्ट डाइन र मनमोहक सेटिंग्सको साथमा यहाँहरूको प्रत्येक क्षण प्रेम र अविस्मरणीय सम्झनाहरूले भरिने वाचा पनि गर्दछ। आजै आफ्नो भ्यालेन्टाइन अनुभव बुक गर्नुहोस् र मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा आफ्नो विशेष व्यक्तिसँग जीवनभर सम्झिने क्षणहरू सिर्जना गर्नुहोस्।
बुकिंग र सोधपुछको लागि +९७७ ९७०७०९३१२६ मा सम्पर्क गर्नुहोस्। मर्क्योरको बारेमा यात्रीहरूको रोमन देवता मर्करीबाट प्रेरित मर्क्योर होटलहरू केवल सुत्ने ठाउँ मात्र होइनन्। यी त कुनै पनि गन्तव्यका प्रवेशद्वार हुन्, नयाँ ठाउँ पत्ता लगाउन र अन्वेषण गर्नका लागि न्यानो निमन्त्रणा हुन्।
सन् १९७३ मा स्थापना भएदेखि नै मर्क्योर कुनै पनि ठाउँको मौलिकता उजागर गर्न र त्यस स्थानको गहिरो भावनाले भरिएका उच्च गुणस्तरीय मापदण्डहरू प्रदान गर्न समर्पित छ। चाहे त्यो रियो होस्, पेरिस र बैंकक होस् वा विश्वका अरू गन्तव्यहरू नै किन नहोस्, आफ्नो “डिस्कभर लोकल” कार्यक्रम मार्फत् मर्क्योरले पाहुनाहरूलाई स्थानीयताको महसुस हुने गरी स्वागत गर्दछ। सजावट कलादेखि स्थानीय खाना र पेय पदार्थहरूको आनन्द उजागर गर्ने जोशसम्म, हरेक डिटेलहरू प्रत्येक गन्तव्यको मौलिकता झल्काउन क्युरेट गरिएका छन्।
६० भन्दा बढी देशमा रहेका १००० भन्दा बढी मर्क्योर होटलहरू सुविधाजनक रूपमा शहरका केन्द्र, समुद्री किनार वा पहाडहरूमा अवस्थित छन्। मर्क्योर एकोरको एक हिस्सा हो, जुन ११० भन्दा बढी देशहरूमा ५,७०० भन्दा बढी सम्पत्तिहरू भएको विश्वकै अग्रणी हस्पिटालिटी समूह हो र एक सहभागी ब्रान्ड एकोर लाइभ लिमिटलेस (ALL) लाइफस्टाइल लोयालिटी कार्यक्रम हो जसले विभिन्न प्रकारका रिवार्ड, सेवा र अनुभवहरूमा पहुँच प्रदान गर्दछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


