Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैं


ग्लोबल पाना
बुधबार, माघ ३० २०८१
  • 389
    SHARES

  • images
    शुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैं

    काठमाडौं । “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको छ । नेपाल भित्रका कृषि उद्यमी, ब्याबसायीका साथै विदेशी ब्याबसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा। लि।,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा लि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा। लि। ले संयुक्त रुपमा “सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो” गर्न लागेको हो । यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।
     
    निशुल्क प्रवेश

    images
    images
    images

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । सबैको लागि निशुल्क प्रवेशको ब्यबस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

    कृषि र प्रविधिका फरक फरक स्टल समुह रहने 
     
    यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरि व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ ।
     
    यस प्रर्दशनीमा देशै भरिका अगुवा किसान दाजुभाइ, अगुवा कृषकहरु, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, निति निर्माता, व्यवसायी, उधमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर–सरकारी संस्थाहरु, बैंक तथा  बित्तिय संस्थाहरु, अनुसन्धान कर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरु को विशेष उपस्थिति हुने भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र राष्ट्रिय कृषक समुह महासंघको विशेष पहलमा देशभरीबाट किसान दाजुभाइहरुले प्रदर्शनीको अवलोकन गर्नुहुनेछ । यस्तै देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।  

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ