काठमाडौं – काठमाडौंको शंकरापुरमा आज बिहान एक विद्यालय बस दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार, बसमा सवार ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार बस अनियन्त्रित भएर सडकबाट चिप्लिँदै गहिरो खाडलमा खसेको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ, र घाइते विद्यार्थीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।
प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेका छन्। दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको छ।
थप विवरण आउन बाँकी छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


