Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

वर्ल्डलिंकले काठमाडौंमा सुरक्षित इन्टरनेट दिवस २०२५ मनायो


ग्लोबल पाना
बिहीबार , फागुन १ २०८१
  • 206
    SHARES

  • images
    वर्ल्डलिंकले काठमाडौंमा सुरक्षित इन्टरनेट दिवस २०२५ मनायो

    काठमाडौं । हरेक वर्षको फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभर मनाइने सुरक्षित इन्टरनेट दिवस २०२५ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ। वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र सूचना प्रविधि विभाग (म्यक्ष्त्) को सहकार्यमा आयोजित यस दिवसको मूल उद्देश्य बालबालिका र युवामा डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नु रहेको छ।

    images
    images
    images

    वर्ल्डलिंकले काठमाडौंमा एक दिवसीय अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्दै सुरक्षित इन्टरनेटका बारेमा जनचेतना फैलाउने प्रयास गरेको हो। यस कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याल, वर्ल्डलिंकका लिडिङ सिएसआर डिपार्टमेन्टकी अनुपा भण्डारी जलान र वर्ल्डलिंकका सिइओ केशव नेपाल लगायतका प्रमुख व्यक्तित्वहरूले भाग लिएका थिए।

    सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सरकारले सुरक्षित इन्टरनेटको क्षेत्रमा कानूनी र नीतिगत व्यवस्थामा सुधार गर्दै अघि बढेको बताएका छन्। उनले भने, सूचनाप्रविधिलाई प्रोत्साहन गर्ने सोच भएपनि एकीकृत दृष्टिकोणमा काम गर्न आवश्यक छ। सुरक्षित इन्टरनेटका लागि सचेतना बढाउनु पर्नेछ।

    वर्ल्डलिंकका लिडिङ सिएसआर डिपार्टमेन्टकी अनुपा भण्डारी जलानले बालबालिका र युवामा साइबर अपराधको जोखिम बढेको भन्दै वर्ल्डलिंक इन्टरनेट एकेडेमीले पछिल्लो तीन वर्षमा १० हजार विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका बारेमा जानकारी गराएको बताइन्।

    वर्ल्डलिंकका सिइओ केशव नेपालले पनि इन्टरनेट सेवा प्रदायकहरूको भूमिका र सरकारी नियमनको महत्त्वमा जोड दिएका छन्। उनले भने, आईएसपीहरूले सूचना प्रविधिको राजमार्ग बनाइरहेका छन् र यसमा हुने गतिविधिहरूको निगरानी र नियमन राज्यको दायित्व हो।

    कार्यक्रममा साइबर ब्यूरोका डिएसपी जनार्दन घिमिरेले साइबर अपराधबाट जोगिन सतर्क रहन र उल्लङ्घनको अवस्था भएमा साइबर ब्यूरोमा उजुरी गर्नुपर्ने जानकारी दिएका छन्।

    कार्यक्रमका दुई वटा सत्रहरूमा डिजिटल साक्षरता र अनलाइन सुरक्षा सम्बन्धी महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले वर्ल्डलिंकसँग सहकार्य गर्दै इन्टरनेट सुरक्षा र सचेतनाबारे अभियान चलाएको बताएका छन्।

    कार्यक्रममा सहभागीहरूले विद्यालय पाठ्यक्रममा इन्टरनेट सुरक्षा समावेश गर्नुपर्ने र साइबर अपराधीहरूसँग कडा कानूनी कारवाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यो कार्यक्रम नेपालमा सुरक्षित इन्टरनेटको महत्त्व र यसको दुरुपयोगबाट बच्नका लागि जनचेतना फैलाउन ठूलो कदम हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ