Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित


ग्लोबल पाना
शुक्रबार, फागुन २ २०८१
  • 304
    SHARES

  • images
    इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ । यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

    images
    images
    images

    सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ श्री रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ । यस सम्झौता अनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा रु.८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु.८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु.८० हजार रकम भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ।

    इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ श्री रीता पोखरेलले भनिन्, इनड्राइभमा, हाम्राप्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ