Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन


ग्लोबल पाना
शुक्रबार, फागुन २ २०८१
  • 257
    SHARES

  • images
    त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

    काठमाडौं। त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ।

    images
    images
    images

    बिहान ११ः४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह–प्रवक्ता शैलेन्द्र थापाले बताए।

    चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन्। भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन्।

    उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ