Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फेसियल हाउसको दीक्षान्त समारोह सम्पन्न


ग्लोबल पाना
शनिबार, फागुन ३ २०८१
  • 1,599
    SHARES

  • images
    फेसियल हाउसको दीक्षान्त समारोह सम्पन्न

    काठमाडौं । फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे।

    images
    images
    images

    सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, "एकेडेमिक शिक्षाले जीवनको स्तर उकास्छ, भने प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउन मद्दत गर्छ।" त्यस्तै, संरक्षक शाहले सम्पूर्ण दीक्षित छात्राहरुलाई शुभकामना दिंदै भने, "यो तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनेछ।

    अब उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेछन् वा रोजगारीमार्फत आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्।" फेसियल हाउसले ब्युटी सैलुनका सेवासँगै विभिन्न स्तरका ब्युटी कोर्सहरू पनि उपलब्ध गराउँदै आएको छ। २५ वर्षभन्दा बढीको अनुभव बोकेकी सुष्मा महराले आफ्ना ज्ञान तथा सीप फेसियल हाउसमा सिक्न आउने सबै दिदीबहिनीहरूसँग बाँड्दै आएकी छन्।

    देशभरका शाखामार्फत एकेडेमिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको फेसियल हाउस महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।फेसियल हाउसको दीक्षान्त समारोह सम्पन्न काठमाडौं – फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।

    समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे। सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, "एकेडेमिक शिक्षाले जीवनको स्तर उकास्छ, भने प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउन मद्दत गर्छ।"

    त्यस्तै, संरक्षक शाहले सम्पूर्ण दीक्षित छात्राहरुलाई शुभकामना दिंदै भने, "यो तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनेछ। अब उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेछन् वा रोजगारीमार्फत आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्।" फेसियल हाउसले ब्युटी सैलुनका सेवासँगै विभिन्न स्तरका ब्युटी कोर्सहरू पनि उपलब्ध गराउँदै आएको छ।

    २५ वर्षभन्दा बढीको अनुभव बोकेकी सुष्मा महराले आफ्ना ज्ञान तथा सीप फेसियल हाउसमा सिक्न आउने सबै दिदीबहिनीहरूसँग बाँड्दै आएकी छन्। देशभरका शाखामार्फत एकेडेमिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको फेसियल हाउस महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ