Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकूद महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
आइतबार, फागुन ४ २०८१
  • 292
    SHARES

  • images
    तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकूद महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकूदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसियसनको आयोजनामा शुरू भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    उनले युवाहरूलाई समनजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताए। ’ खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै। तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ।

    अनुशासनको विकासकका लागि पनि खेलकूदको धेरै महत्व छ,झ उनले भने। आफ्नो बेलामा कराँतेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए।

    खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेको भन्दै उनले टी–२० क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ