Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमएडब्लू अर्थमुभर्सले नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने


ग्लोबल पाना
मंगलबार, फागुन ६ २०८१
  • 310
    SHARES

  • images
    एमएडब्लू अर्थमुभर्सले नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने

    काठमाडौं। एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले JCB इन्डियासँगको सहकार्यमा एमएडब्लू अर्थमुभर्सले नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।

    images
    images
    images

    कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात्  JCB एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने छ। कार्यक्रममा  JCB इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रा.लि.का अध्यक्ष श्री विष्णु अग्रवालको विशेष सहभागिता रहने छ।

    “लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने  JCB को प्रतिबद्धतामा प्रकाश पार्नेछ।  JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ।

    यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ