मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ मा डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्ति र उनीहरूका अभिभावकहरूको बृहत भेलाले रणबहादुर लामाको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन भएको छ । सो भेलाका प्रमुख अतिथि एवं हेटौडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले सफल कार्यकालको शुभकामना दिँदै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक, हित, पुनर्स्थापना, स्वास्थ्य, शिक्षा लगायतका सवालमा काम गर्न सबै अभिभावक तथा सरकारवाला निकायहरूको साथ सहयोग आवश्यक हुने भन्दै आवश्यक उक्त समितिलाई आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताउनु भयो ।
सो भेलामा उक्त तदर्थ समितिका अध्यक्ष रणबहादुर लामाले यस संस्थालाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र डाउन सिड्रोम अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
फागुन ६ गते मकवानपुर जिल्लाको हेटौडामा गठन गरिएको डाउन सिण्ड्रोम समाज मकवानपुरको तदर्श समितिको अध्यक्ष रणबहादुर लामा, उपाध्यक्ष, बबिता लोपचन, सचिव, सम्झना रिजाल, कोषाध्यक्ष फूलमाया स्याङ्तान, सदस्यहरु शोभा दुलाल, सुस्मिता अधिकारी, विजय चौधरी, मथुरा खनाल र बालकुमारी देवकोटा रहनु भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


