Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

७५औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै


बुधबार, फागुन ७ २०८१
  • 360
    SHARES

  • images
    ७५औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

    काठमाडौं, फागुन ७ - नेपालमा आज ७५औं प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो राणा शासनको अन्त्य भएको ऐतिहासिक क्षणको सम्झनामा हरेक वर्ष फागुन ७ गते यो दिवस मनाइँदै आइएको छ।

    images
    images
    images

    यस अवसरमा सरकारी तथा गैर-सरकारी तहबाट विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सरकारी कार्यालय, विद्यालय, तथा विभिन्न संघ-संस्थाहरूले विशेष समारोह, प्रभातफेरी, सम्मान कार्यक्रम तथा विचार गोष्ठीको आयोजना गरेका छन्।

    प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको सुदृढीकरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

    यस दिनको ऐतिहासिक महत्व स्मरण गराउँदै नागरिकहरूले सामाजिक सञ्जालमार्फत प्रजातन्त्रका उपलब्धिहरूको चर्चा गरिरहेका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ