Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति हो : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
बुधबार, फागुन ७ २०८१
  • 331
    SHARES

  • images
    अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति हो : उपप्रधानमन्त्री सिंह

    बर्दिया। उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताबो जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जिविकोपार्जन सहज बनाउनु रहेको बताए। ’प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो,झ उपप्रधानमन्त्री सिंहले भने। अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए।

    अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाई थियो। उहाँले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।

    ’तत्कालीन समयमा कांग्रेसले के गर्न सक्छ? भन्थे । ०१७ सालमा गुमेको अधिकार लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनपछि पुनःस्थापित भयो । जती जति बेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको छ, सिंहले भने।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए। देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएको स्मरण गरे। प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए। उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूले देखेको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ