काठमाडौं – युवाहरुको नेतृत्व, सामाजिक प्रभाव, र समुदाय रुपान्तरणको अभियानलाई अघि बढाउने उद्देश्यका साथ त्रिदेव युथ अर्गनाइजेसन नेपाल अब आधिकारिक रूपमा दर्ता भएको छ।
नेपालभरका युवाहरुलाई संगठित गरी सामाजिक विकासमा योगदान दिन प्रतिबद्ध यो संस्था युवाहरुको लागि अवसर प्रदान गर्ने थलो बन्ने विश्वास गरिएको छ। त्रिदेव युथ अर्गनाइजेसनले नेतृत्व विकास, सामाजिक कार्य, र समुदायप्रति उत्तरदायी बन्ने दिशामा युवाहरुलाई सक्षम बनाउन विविध कार्यक्रमहरू संचालन गर्ने जनाएको छ।
किन सहभागी बन्ने?
✅ नेपालकै ठुलो युवा अभियानको हिस्सा बन्ने अवसर
✅ नेतृत्व, टिम वर्क, र सामाजिक परिवर्तनको अनुभव हासिल गर्ने मौका
✅ समाजमा ठोस परिवर्तन ल्याउने परियोजनाहरुमा सक्रिय योगदान गर्ने अवसर
✅ उस्तै सोच भएका युवाहरुसँग नेटवर्क निर्माण गर्ने सुविधा
कसरी सदस्य बन्ने?
संस्थाले आफ्नो टिम विस्तार गरिरहेको छ र इच्छुक तथा प्रतिबद्ध युवाहरुलाई यस अभियानमा सहभागी हुन आमन्त्रण गरेको छ। नेतृत्व लिन चाहनुहुन्छ? समाजमा सकारात्मक प्रभाव पार्न चाहनुहुन्छ? अब अवसर यहाँ छ! सदस्यता लिन चाहने युवाहरुले टिप्पणी गर्न वा सन्देश पठाउन सक्नुहुन्छ।
अब समय आएको छ – नेपाललाई अझ मजबुत बनाऔं, एकतामा जुटौं!त्रिदेव युथ अर्गनाइजेसन अब युवाहरुको उज्जवल भविष्य सुनिश्चित गर्ने बाटो बन्ने छ। देशमै केही गरौं, अगाडि बढौं!
.gif)




 x 450 (H) Global Pana.jpeg)


