Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमएडब्लू अर्थमुभर्स प्रा.लि.द्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात


ग्लोबल पाना
बिहीबार , फागुन ८ २०८१
  • 331
    SHARES

  • images
    एमएडब्लू अर्थमुभर्स प्रा.लि.द्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात

    फागुन ८, २०८१, काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले JCB इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गरेको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजित भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    images
    images
    images

    कार्यक्रममा विशेष मेसिन प्रस्तुतीकरणको प्रदर्शनी लगत्तै JCB एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा JCB इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रा.लि.का अध्यक्ष श्री विष्णु अग्रवालको विशेष सहभागिता रहेको थियो। “लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने JCB को प्रतिबद्धतामा प्रकाश पार्यो।

    JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्दछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्दछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

    कार्यक्रमको क्रममा एमएडब्लू अर्थमुभर्स प्रा.लि.का अध्यक्ष श्री विष्णु अग्रवालले नयाँ एक्साभेटरहरूले नेपालको लागि भरपर्दो सेवामुलक नवप्रवर्तनहरू प्रदान गर्दै निर्माण उद्योगको दक्षता बढाउने घोषणा गरे। त्यस्तै, JCB इन्डियाका दीपक शेट्टीले JCB ले सञ्चालन कार्यसम्पादन सुधारको लागि उन्नत प्रविधि र दिगो समाधानहरू प्रस्तुत गर्न जारी राख्ने बताए। योसँगै ग्राहकहरूलाई गुणस्तरीय सेवा र सहायता प्राप्त गर्ने कुराको सुनिश्चितता गर्ने JCB ले नयाँ मेसिनहरूको लागि प्रभावशाली वारेन्टी योजना पनि प्रस्तुत गरेको छ।

    जस अनुसार, JCB NXT 221 LC फ्युल मास्टरमा २ वर्ष वा ५००० घण्टाको वारेन्टी छ भने JCB NXT 225 LCM ट्रयाक्ड एक्साभेटरमा ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी रहेको छ। यस बाहेक, २०२५ को फेब्रुअरी अन्त्य हुनु अघि खरिद गर्ने दुवै मेसिनका सबै ग्राहकहरूलाई बेलायत भ्रमणको अवसर प्रदान गर्ने विशेष प्रमोसनल अफर पनि प्रस्तुत गरिएको छ। JCB NXT शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने JCB को समर्पणको ताजा उदाहरणका रूपमा दरिने पक्का छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ