नारायणगढ - बुटवल-नारायणगढ सडकखण्डको विस्तार तथा सुधारको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण कम्पनीहरूले सडक विस्तारलाई गति दिन निरन्तर रूपमा काम गरिरहेका छन्।
यस सडकखण्डको चौडा विस्तार तथा स्तरोन्नतिको काम केही समयदेखि चलिरहेको भए पनि हाल निर्माण कार्यलाई तिव्रता दिइएको छ। सम्बन्धित निकायका अनुसार तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न श्रमिकहरू दिनरात खटिएका छन्।
स्थानीयवासी तथा यात्रुहरूले निर्माण कार्य द्रुत गतिमा भइरहेकाले केही असुविधा भए पनि भविष्यमा सहज र सुरक्षित यात्रा हुनेमा आशावादी छन्। सरकार तथा निर्माण कम्पनीहरूले यसलाई समयमै सम्पन्न गर्न आवश्यक स्रोत र साधन परिचालन गरिरहेको बताइएको छ।
बुटवल-नारायणगढ सडकखण्ड नेपालकै महत्वपूर्ण राजमार्गहरूमध्ये एक भएकोले यसको स्तरोन्नतिले यात्रुहरूको यात्रा सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


