काठमाडौं । सामाखुशीस्थित द ब्युटी ग्यालरी सलुन एन्ड एकेडेमी बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सौन्दर्यविद् सुमा चित्रकारको पहलमा स्थापना गरिएको यस एकेडेमीले काठमाडौं महानगरपालिकाको गौरव योजना अन्तर्गतका विद्यार्थीहरूलाई सीपमूलक तालिम प्रदान गर्ने उद्देश्य राखेको छ। एकेडेमी उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बेरीना कम्पनीका प्रबन्ध निर्देशक (एम.डी.) राजेश जलान उपस्थित थिए।
साथै, सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ र पद्मकन्या विद्यालयकी प्रधानाध्यापक रीता तिवारीले संयुक्त रूपमा रिबन काटेर तथा पानसमा दीप प्रज्वलन गरी एकेडेमीको औपचारिक उद्घाटन गरे। कार्यक्रममा प्रमुख अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै एकेडेमीको सफलताको कामना गरे। साथै, सौन्दर्यकर्मी सीता अर्याल र शर्मिला मुनिकारले पनि एकेडेमीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उ
द्घाटनको अवसरमा विशेष केक काटिएको थियो भने उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै आयोजक सुमा चित्रकारले सबैलाई धन्यवाद व्यक्त गरिन्। उद्घाटन समारोहमा सौन्दर्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन कुशल उद्घोषिका, गायिका तथा सञ्चारकर्मी विष्णुमाया पौडेलले गरेकी थिइन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


