Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा


ग्लोबल पाना
शुक्रबार, फागुन ९ २०८१
  • 163
    SHARES

  • images
    अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

    इस्तानबुल। अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ। बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ। सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन् भने र रेस्टुरेन्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्।

    images
    images
    images

    यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ। टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ। दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ती ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाइ सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको छ।

    अमेरिकामा बर्ड फ्लुको प्रकोप सन् २०२२ देखि जारी छ र हालसम्म १६.२ करोडभन्दा बढी कुखुरा, टर्की र अन्य चराचुरुङ्गीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। पछिल्लो समय अकस्मात बढ्दै गएको घटनाले अण्डाको अभाव झनै बढेको छ। युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए) ले यो रोग नियन्त्रण गर्न भ्याक्सिनको भण्डारण गरिरहेको छ तर यसको व्यापक प्रयोग भने अझै सुरु गरिसकेको छैन।

    अण्डाको अभावलाई सम्बोधन गर्न अमेरिका टर्किजस्ता देशबाट अण्डा आयात गर्न बाध्य भएको छ। यस सम्झौताबाट टर्कीले लगभग २६ मिलियन डलर कमाउने भएको छ। टर्की पहिले नै संसारमा शीर्ष १० अण्डा निर्यात गर्ने देशहरूमा पर्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ