दक्षिण कोरिया । प्रवासी भूमिमा नेपाली एकताको अभिवृद्धि गर्ने लक्ष्यका साथ स्थापित गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन आगामी मार्च २ तारिख आइतबार सम्पन्न हुन गइरहेको छ।
‘प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापना भएको समाजले दुई वर्षको यात्रापछि आफ्नो दोस्रो अधिवेशन आयोजना गर्न लागेको हो।
कार्यक्रममा समाजका संस्थापक, पदाधिकारीहरू, सदस्यहरू तथा प्रवासी नेपालीहरूका उल्लेख्य सहभागिता रहने आयोजक खेमराज देवकोटाले जानकारी दिएका छन्। यस अधिवेशनमा समाजको विगत दुई वर्षको गतिविधि, उपलब्धिहरू तथा भविष्यका योजनाहरू बारे छलफल हुनेछ।
साथै, नयाँ कार्यसमितिको चयन समेत गरिनेछ। दक्षिण कोरियामा रहेका गण्डकी प्रदेशका नेपालीहरूबीच सामाजिक सद्भाव, आपसी सहयोग तथा नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको समाजले प्रवासमा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


