Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चलचित्र ‘लाज शरणम्‌’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो


ग्लोबल पाना
सोमबार, फागुन १२ २०८१
  • 389
    SHARES

  • images
    चलचित्र ‘लाज शरणम्‌’ को बुकिङ खुला,  देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

    काठमाडौं । चलचित्र ‘लाज शरणम्‌’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ ।

    images
    images
    images

    क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ । विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन् । आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ ।

    हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्‌’ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ । लाज शरणम्‌’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । यसमा चलचित्र ‘लाज शरणम्‌’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

    लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्‌’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ