Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बीवाईडीले नेपालमा अत्याधुनिक अटोमोटिभ टेक्नोलोजी प्रस्तुत गरेको छ : अध्यक्ष श्रेष्ठ


ग्लोबल पाना
बुधबार, फागुन १४ २०८१
  • 505
    SHARES

  • images
    बीवाईडीले नेपालमा अत्याधुनिक अटोमोटिभ टेक्नोलोजी प्रस्तुत गरेको छ : अध्यक्ष श्रेष्ठ

    काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडी हाई–टेक विक २०२५ को आयोजना गरेको छ। काठमाडौंको एभरेस्ट होटलमा १४ फाल्गुनदेखि १८ फाल्गुनसम्म चल्ने यो कार्यक्रम विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिको अनुभवलाई नयाँ स्तरमा लैजाने दाबी गरिएको छ । यो विशेष प्रदर्शनी ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूबारे जानकारी दिने महत्त्वपूर्ण मञ्चका रूपमा प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा.लि.का अध्यक्ष अनिल श्रेष्ठ, साइमेक्स इंक प्रा.लि.का प्रवन्ध निर्देशक यमुना श्रेष्ठ लगायत सञ्चारकर्मीहरु र अन्य प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड ९जीटी, डेन्जा डी९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।

    कार्यक्रममा लाइभ डेमोको सिरिज नै देख्न सकिने व्यवस्था गरिएको छ । जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् । बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ। ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

    बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सहित उपलब्ध छ। यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन भ४ प्लेटफर्मबाट संचालित हुन्छ। यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ। त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी  उपलब्ध गराउछ ।

    अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

    कार्यक्रममा साइमेक्स इंक प्रा.लिका अध्यक्ष अनिल श्रेष्ठले भने, “न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ । हालसम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो। यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ।“

    श्रेष्ठले यस अवसरमा थपे, “ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक प्रा.लि. सदैव प्रतिबद्ध रहेको छ।“

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ