पोखरा । पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केवलकार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ। पोखरा महानगरपालिका–१८, सेदी बगरबाट सराङकोटसम्म सञ्चालन हुने यो केवलकारले करिब २,४०० मिटर दूरीलाई ८ देखि ९ मिनेटमै पार गर्छ।
अन्नपूर्ण केवलकारको यात्राले यात्रुहरूलाई फेवाताल, हिमश्रृंखला, सूर्योदय र पोखराको मनोरम दृश्यहरूको अवलोकन गर्ने अवसर प्रदान गर्छ। केवलकारमा १७ वटा यात्रु बोक्ने गोण्डोला र १ वटा सामान बोक्ने गोण्डोला छन्, जसमा प्रत्येक यात्रु गोण्डोलाले ८ जनासम्म अटाउने क्षमता राख्छ। यो केवलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहन्छ।
नेपाली नागरिकका लागि टिकट शुल्क ७ सय रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई ५०% छुट सुविधा उपलब्ध छ। केवलकार व्यवस्थापन समितिले विभिन्न छुट अफर तथा नयाँ योजनाहरू ल्याउँदै छ। चाडपर्व तथा विशेष अवसरहरूमा आकर्षक छुट प्रदान गर्दै पर्यटकहरूको आकर्षण बढाउने योजना रहेको संचालक समितिले जनाएको छ। पोखराको पर्यटन विकासमा अन्नपूर्ण केवलकार एक महत्वपूर्ण मील का पत्थर सावित हुँदै गएको छ। पोखरा भ्रमण गर्ने पर्यटकहरूले केवलकारमार्फत सुरक्षित, रोमाञ्चक र अविस्मरणीय यात्रा अनुभव गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


