बन्दीपुर, तनहुँ । बन्दीपुर केवलकार सेवा यहि फागुन १४ गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। केवलकारलाई अझ सुरक्षित र भरपर्दो बनाउन आवश्यक मर्मत तथा परीक्षण कार्य सम्पन्न भएपछि कम्पनीले पुनःसञ्चालनको घोषणा गरेको हो।
बन्दीपुर, प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर, कला–संस्कृति तथा धार्मिक महत्वले भरिपूर्ण स्थान हो। यहाँको प्रमुख शक्तिपीठ खड्गदेवी मन्दिर धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिन्छ। परम्परागत रूपमा वर्षमा दशैंको सप्तमी र अष्टमीका दिन मात्र खुल्ने यो मन्दिरलाई केवलकार सञ्चालनसँगै नियमितरूपमा दर्शन खुला गराउने योजना अघि बढाइएको हो ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गर्दै धार्मिक पर्यटन प्रवद्र्धनका लागि ठोस योजना बनाइरहेको छ। केवलकार सेवा पुनःसञ्चालनसँगै बन्दीपुरलाई धार्मिक तथा बहुआयमिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न भूमिका खेल्ने कम्पनीको विश्वास छ।
बन्दीपुर केवलकार, नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ । पर्यटकहरूको आकर्षणको केन्द्र बनेको यो केवलकारले बन्दीपुर बजारदेखि थानीमाई मन्दिरसम्मको यात्रालाई सहज बनाएको छ । यात्रुहरूका लागि कम्पनीले नियमित सुरक्षा मापदण्ड अपनाउँदै आएको छ । सेवाग्राहीहरूलाई सुरक्षित तथा सहज यात्रा अनुभवका लागि कम्पनी प्रतिबद्ध रहदै आएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


