Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालले एआईलाई प्राथमिकता नदिए ठूलो मूल्य चुकाउनुपर्नेछ : अध्यक्ष कर्ण


ग्लोबल पाना
बिहीबार , फागुन १५ २०८१
  • 329
    SHARES

  • images
    नेपालले एआईलाई प्राथमिकता नदिए ठूलो मूल्य चुकाउनुपर्नेछ : अध्यक्ष कर्ण

    काठमाडौं । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (CESIF) ले काठमाडौंको बसन्तपुर बुटिक होटलमा आयोजित ‘एआई र कूटनीति’ विषयक राष्ट्रिय सेमिनारमा नेपालका पूर्वराजदूत तथा CESIF का कार्यकारी अध्यक्ष विजय कान्त कर्णले नेपालले एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी स्पष्ट कूटनीतिक नीति नअपनाए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

    images
    images
    images

    कर्णले प्रविधिले विश्वव्यापी रूपमा कूटनीतिक संरचनामा ठूलो परिवर्तन गरिरहेको उल्लेख गर्दै नेपालजस्तो विकासशील मुलुकले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीतिगत तयारी गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामी प्रविधिको तीव्र विकास भइरहेको युगमा छौं, जहाँ एआई नीतिगत बहसको केन्द्रविन्दु बन्न पुगेको छ। नेपालले पनि एआईलाई प्राथमिकता नदिएमा भविष्यमै पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ।”

    सेमिनारमा प्रस्तुत गरिएको Artificial Intelligence and Diplomacy: A Case for Nepal’s AI Diplomacy’ प्रतिवेदनका अनुसन्धानकर्ता महेश कुमार कुशवाहा र राजीव न्यौपानेले नेपालका लागि एआई कूटनीतिक नीति आवश्यक भएको औंल्याए। कार्यक्रममा पूर्वराजदूत दिनेश भट्टराई, सूचना प्रविधि विज्ञ डा. बलकृष्ण बल, सुरक्षा विज्ञ डा. राजीव सुव्वा, र अनुसन्धानकर्ता रोजेश शिकरकारसहित विभिन्न क्षेत्रका विशेषज्ञहरूले एआईले कूटनीति, सुरक्षा, श्रम बजार र सरकारी प्रशासनमा पार्ने प्रभावबारे विचार व्यक्त गरेका थिए।

    कार्यक्रममा नीति निर्माताहरू, व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकारहरू लगायत सयभन्दा बढी सहभागी रहेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ