काठमाडौं । आगो तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आगामी चैत्र २४ र २५ गते काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना हुने भएको छ । आप्सा नेपालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आगलागी तथा सुरक्षाका नवीन समाधानबारे सचेतना जगाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आप्साले जारी गरेको विज्ञप्ति अनुसार आगलागी नेपालमा एक प्रमुख चुनौती भएकाले सरकारले प्रयास गरे पनि समुदायस्तरमा थप सचेतना र नवीन समाधान आवश्यक रहेको छ । सम्मेलनमा अग्नि सुरक्षा तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी ज्ञान, प्रविधि, सूचना, र समाधान आदान–प्रदान गर्न सुरक्षाकर्मी, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखिएको छ ।
आप्सा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले यस सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ पालिकाहरु, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने जानकारी दिनुभयाे ।
अन्तर्राष्ट्रिय अग्नि सुरक्षा तथा इलेक्ट्रोनिक सुरक्षा सम्मेलन एवं प्रदर्शनी २०२५ ले सहभागीहरूलाई आगलागी तथा सुरक्षा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि, प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिने सुनौलो अवसर प्रदान गर्ने श्रेष्ठले बताउनु भयाे ।
यस अवसरमा अग्नि तथा इलेक्ट्रोनिक सुरक्षामा नियामक अनुपालन, मापदण्ड, उत्कृष्ट अभ्यास, प्रविधिगत नवीनता, मुख्य चुनौती र अवसरहरूबारे छलफल गरिने छ। साथै, स्थानीय समुदायमा सुरक्षासम्बन्धी रोकथाम उपायबारे सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


