काठमाडौं । आज बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो ।
स्थानीयवासीका अनुसार भूकम्पको झट्का केही सेकेन्डसम्म महसुस भयो, जसका कारण मध्यरातमै धेरै मानिसहरु घर बाहिर निस्किए । हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको जानकारी प्राप्त नभए पनि सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको छ ।
भूकम्पविद्हरूले परकम्पको सम्भावनालाई ध्यानमा राख्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। भूकम्प सम्बन्धी थप जानकारीको लागि सरकारी निकाय तथा प्राधिकरणको अपडेट कुर्न अनुरोध गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


