Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लामिनार टाइल्सद्धारा ‘CENTO’ नेपालकै पहिलो फुल–बडी टाइल संग्रह सार्वजनिक


ग्लोबल पाना
शुक्रबार, फागुन १६ २०८१
  • 360
    SHARES

  • images
    लामिनार टाइल्सद्धारा ‘CENTO’ नेपालकै पहिलो फुल–बडी टाइल संग्रह सार्वजनिक

    काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल "CENTO" संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै "CENTO" नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।

    images
    images
    images

    फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतह देखि पुरै अंश एउटै डिजाईनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार PEI रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण "CENTO" टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् । आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका "CENTO" टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्:

    S.No         Attributes CENTO Tile Granite
    1.              Modulus of Rupture (MOR) 50.29 N/mm² 14.75 N/mm²
    2.              Breaking Strength 6056 N 1588.0 N
    3.              MOH’s Hardness 9 3
    4.              Surface Abrasion Resistance Class 5 Class 2

    कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत "CENTO" ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ । नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भर्र्याङका चिप्लिईने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको "CENTO" टाइल उपलब्ध भएको छ ।

    "CENTO" फुल–बडी संग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो। आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ