Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै


ग्लोबल पाना
शुक्रबार, फागुन १६ २०८१
  • 316
    SHARES

  • images
    ‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै

    आकर्षक अफरसहित दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज

    काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्ल७त्रगयतस वृद्धिले नेपालको सबैभन्दा ठुलो ईभी कार्निभल आयोजना गर्ने भएको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म) बिहान ११:०० बजे देखि साँझ ६:०० बजेसम्म दैनिक सञ्चालन हुनेछ।

    images
    images
    images

    साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ। चार दिनसम्म चल्ने नेपालकै ठुलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नका साथै अभुतपुर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सक्नुहुनेछ ।

    यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडलका साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपुर्व अनुभवको हुनेछ ।

    एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७बmउस किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनुहुनेछ । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्‌नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुहुनेछ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले
    उपहार पाउनुहुनेछ ।

    कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनुहुनेछ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रोम्याक्स पाउनुहुनेछ । रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ आउनलायकको बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

    पछिल्लो समयमा नेपाली अटोबजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ । आफ्‌नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै निकै बजारले रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ