Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महिला चलचित्र महोत्सवः नेपाली चलचित्रकर्मी महिलाहरूको सम्मानमा विशेष कार्यक्रम


ग्लोबल पाना
आइतबार, फागुन १८ २०८१
  • 410
    SHARES

  • images
    महिला चलचित्र महोत्सवः नेपाली चलचित्रकर्मी महिलाहरूको सम्मानमा विशेष कार्यक्रम

    काठमाडौं । चलचित्र विकास बोर्ड नेपालले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्रकर्मीहरूलाई सम्मान गर्ने उद्देश्यले “महिला चलचित्र महोत्सव“ आयोजना गर्ने भएको छ। महोत्सव फागुन २०, २१, र २२ गतेसम्म काठमाडौंको चलचित्र विकास बोर्ड परिसरमा सञ्चालन हुनेछ।

    images
    images
    images

    कार्यक्रममा नेपाली महिला चलचित्रकर्मीहरूद्वारा निर्मित चलचित्रहरूको प्रदर्शनी, ’चलचित्रमा नारी’ विषयक संवाद, नाटक प्रदर्शन तथा महिला चलचित्रकर्मी सम्मान कार्यक्रम समावेश गरिनेछ। महोत्सवको पहिलो दिन (फागुन २०) नेपाली चलचित्र “सिन्धुर“ प्रदर्शन गरिनेछ। दोस्रो दिन (फागुन २१) महिला चलचित्र महोत्सव अन्तर्गत महिला निर्देशित चलचित्रहरू प्रदर्शन गरिनुका साथै चलचित्र क्षेत्रका महिलाहरूका अनुभव तथा योगदानबारे छलफल गरिनेछ। तेस्रो दिन (फागुन २२) महिला चलचित्रकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।

    यस महोत्सवले नेपाली चलचित्र उद्योगमा महिलाहरूको भूमिका उजागर गर्न तथा नयाँ पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ