Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

"उपयुक्त ह्विलचियर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार" भन्ने नारा सहित १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइयो


आइतबार, फागुन १८ २०८१
  • 676
    SHARES

  • images
    "उपयुक्त ह्विलचियर,  पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार" भन्ने नारा सहित १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइयो

    काठमाडौँ । विभिन्न अन्तराष्ट्रिय दिवसहरु मध्ये हरेक वर्षको मार्च १ तारिखमा मनाइने अन्तर्राष्ट्रिय ह्विलचियर दिवस पनि एक हो । यस दिवसलाई हरेक वर्षको मार्च १ तारिखका दिन स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रको आयोजना तथा अपाङ्गता सम्बन्धी सरोकार राख्ने विभिन्न संघ संस्थाहरुको सहयोगमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिन्छ ।

    images
    images
    images

    विगतका वर्षहरुमा जस्तै यस वर्ष अर्थात २०२५ को मार्च १ तारिखका दिन पनि स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रको आयोजना तथा अपाङ्गता सम्बन्धी सरोकार राख्ने विभिन्न संघ संस्थाहरुको सहयोगमा १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइएको छ । " उपयुक्त ह्विलचियर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार " भन्ने नारा सहित फागुन १७ गते अर्थात् मार्च १ तारिखका दिन काठमाडौंको भृकुटीमण्डपमा १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा जनचेतना मूलक कार्यक्रमको आयोजना गरियो । यस दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवं बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे रिबन काटेर र्यानलीको उद्घाटन गर्नु भएको थियो ।

    यसै क्रममा उहाँले १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा यस दिवसले ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि आगामी दिनहरू सहज होस्, यस दिवसको नारा सार्थक बनोस् र पहुँचयुक्त ह्विलचियर मैत्री बन्न सकुन् भन्ने शुभकामना व्यक्त गर्नु भयो । यसै क्रममा उहाँले अब ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूले दिवसमा मात्रै आफ्नो अधिकार माग्नु मात्र नभएर अधिकार दिलाउने ठाउँ सम्म नेतृत्व गर्न पाउनु पर्ने, दिवसका नाराहरूलाई कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्नु पर्ने, उनीहरू अनुकूलको ह्विलचियर राज्यले नै उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

    यसै क्रममा कार्यक्रमका अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव निर्मला कार्कीले ह्विलचियर मैत्री संरचना निर्माणका लागि सबैले आवाज उठाउनु पर्ने भन्दै अन्य अपाङ्गता भएका व्यक्तिहरू र ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि मन्त्रालय संवेदनशील रहेको र ऐन कानुन, नीति निर्माण, जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन, नीति नियमहरू परिमार्जन जस्ता काम गरिरहेको बताउनु भयो । साथै उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि यस्ता संघ संस्थाहरूसँग सहकार्य गरेर काम गर्न सकिने भन्दै १७ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नु भयो ।

    कार्यक्रममा आयोजक संस्था स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष कनकमणि दीक्षितले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्नका लागि भए पनि हरेक मार्च १ तारिखका दिन अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा र्याएलीको आयोजना गरेर टुटिखेल परिक्रमा गर्नु पर्ने भन्दै देश भरी नै ह्विलचियर मैत्री तथा पहुँचयुक्त संरचना निर्माण गर्नु पर्ने सन्देश दिने उद्देश्यले यो दिवस मनाउँदै आएको बताउनु भयो । साथै उहाँले ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि उनीहरू अनुकूलको ह्विलचियर उपलब्ध गराउन स्थानीय निकायहरूले पहल गर्नु पर्ने भन्दै यस दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नु भयो ।

    त्यसै गरी सोही केन्द्रकी कार्यकारी निर्देशक इशा थापा / ढुङ्गानाले ह्विलचियर प्रयोगकर्ता हुँदैमा जीवनको अन्त्य नहुने भन्दै सबैले सहज जीवन यापनका लागि कोसिस गर्नु पर्ने, हामी सबै सरोकारवाला निकायहरूले ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताका लागि, अनुकूलको ह्विलचियर प्राप्त गर्न, उनीहरूको हक अधिकार सुनिश्चितताका लागि साथ दिनु पर्ने, बताउनु भयो । स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रले विभिन्न संघ संस्थाहरूको सहकार्यमा आयोजना गरेको १७ ‍औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्ति राम बहादुर तामाङ गोले र लक्ष्मी नेपालीले ह्विलचियरमा नृत्य प्रस्तुत गरेका थिए ।

    साथै यस दिवसका अवसरमा आयोजना गरिएको र्यालली भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सुनधारा, रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा नै आएर कार्यक्रमको अन्त्य गरिएको थियो भने यो दिवस विभिन्न प्रदेशहरूमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ