Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वन्यजन्तु संरक्षणमा जोड दिँदै विश्वभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै


ग्लोबल पाना
सोमबार, फागुन १९ २०८१
  • 342
    SHARES

  • images
    वन्यजन्तु संरक्षणमा जोड दिँदै विश्वभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै

    काठमाडौं। आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको ६८ औं महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो। सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो।

    सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्यांकककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६ औँ राष्ट्रसंघीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो।

    राष्ट्रसंघका अनुसार सिआइटिईएसको सचिवालयले वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय निकायका साथै अन्य संस्थाहरुसँगको सहकार्यमा विश्व वन्यजन्तु संरक्षणसम्बन्धी परियोजनाको कार्यान्वयनलाई सहजीकरण गर्दै आएको छ।

    सिआइटिईएसमा १८३ देश सदस्य छन्। दश लाखभन्दा बढी वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने जोखिम बढेको सन्दर्भमा वन्यजन्तु संरक्षणका निम्ति ठूलो धनराशि आवश्यक भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ