Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जिसस गण्डकीका पदाधिकारीलाई क्षमता बिकास तालिम


ग्लोबल पाना
सोमबार, फागुन १९ २०८१
  • 650
    SHARES

  • images
    जिसस गण्डकीका पदाधिकारीलाई क्षमता बिकास तालिम

    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता बिकास तालिम सोमबार पोखरामा शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले समन्वय र अनुगमनलाई थप सहयोग र सहजीकरण सहित क्षमता बिकास गर्ने उद्देश्यले बिगत तीन बर्षदेखि लगातार तालिम आयोजना गरिएको भन्दै प्रभाबकारी र सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो ।

    images
    images
    images

    पौडेलले क्षमताको बिकास निरन्तर हुनुपर्ने बन्दै समयानुकूल परिमार्जित र परिश्कृत तवरले कार्य सम्पादनमा तालिम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि करिब  १८ हजार कर्मचारी र जनप्रतिनिधिलाई क्षमता बिकासका तालिम संचालन गरिएको जानकारी दिदै तालिम प्रभाबकारी कार्यक्षमतामा उपयोगी भएको उल्लेख गर्नुभयो ।

    प्रशिक्षणमा जिल्ला समन्वय समितिको काम कर्तब्य र अधिकार सम्बन्धि ब्यबस्था र यसको कार्यान्वयनको अवस्था ,अनुगमन तथा मुल्यांकन सम्बन्धि कानुनी ब्यबस्था बिकास र यसमा आएको परिबर्तन र जिससको भुमिका ,स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया र जिससको भुमिका, शासकीय क्षमता अभिबृद्दीका आयामहरू र जिसस को भुमिका,सुशासनका औजारहरू, अनुगमन तथा मुल्यांकनका औजारहरू स्थानिय आर्थिक बिकासको अबधारणा र जिसस को भुमिका बिषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ। गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख सहित सदस्यहरू सहभागी प्रशिक्षणमा नेपाल सरकारका पूर्ब सचिबद्वय काशिराज दाहाल र रेश्मीराज पाण्डे सहितले सहजीकरण गर्नुभएको छ।

    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत प्रतिष्ठानका उप -सचिब नारायण प्रसाद पौडेलले र संचालन शाखा अधिकृत जित बहादुर रानाले गर्नुभएको थियो। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ