Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कला साहित्य सम्बद्व युवा सञ्जालका अध्यक्ष विपिन किरणलाई मन्त्री चौधरीद्वारा सम्मान


ग्लोबल पाना
सोमबार, फागुन १९ २०८१
  • 272
    SHARES

  • images
    कला साहित्य सम्बद्व युवा सञ्जालका अध्यक्ष विपिन किरणलाई मन्त्री चौधरीद्वारा सम्मान

    काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले आफ्नो १०औं स्थापना दिवसको भब्यताका साथ सम्पन्न भएकाे छ । यस कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थिति रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति, सामाजिक सशक्तिकरण, समावेशीकरण तथा समाज सेवामा पुर्‍याएको योगदानको कदर गर्दै विशेष विशिष्ट व्यक्तिहरुलाई सम्मान-पत्र प्रदान गरेको थियाे ।

    राष्ट्रिय युवा परिषद् अन्तर्गत रहेको कला/साहित्य सम्बद्ध युवा सञ्जाल अध्यक्षको जिम्मेवारी रहेर नेपाली युवाको सर्वाङ्गीण  विकासका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा उच्च कदर गर्दै विपिन किरणलाई मन्त्री चौधरीले सम्मान पत्र प्रदान गरेका थिए ।

    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सही मार्गदर्शन र सम्मान दिनु सरकारको दायित्व रहेको बताए । राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको सामाजिक योगदानको प्रशंसा गर्दै भने, “युवा नेतृत्वद्वारा सञ्चालित समाजसेवामूलक कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछन् ।” राष्ट्रिय युवा परिषद्ले युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक परिवर्तनमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ ।

    तेजुलाल चौधरी, सुरेन्द्र बस्नेत र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न यो सम्मान कार्यक्रमले समाजसेवामा समर्पित युवाहरूलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ