Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था बन्नुपर्छ : उपमेयर डंगोल


ग्लोबल पाना
मंगलबार, फागुन २० २०८१
  • 518
    SHARES

  • images
    फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था बन्नुपर्छ : उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था सिर्जना हुनुपर्ने बताएकी छन् । मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा उनले हरेक क्षेत्रमा महिला महिला किन भन्नुपर्यो भन्ने खालको प्रश्न उठ्ने गरेको भन्दै महिलालाई हरेक क्षेत्रमा पछाडि राख्ने हुँदा यस्तो कुराहरु उठाउनु पर्ने बताइन् ।

    images
    images
    images

    उनले भनिन्, ‘फिल्मको मुख्य भूमिका जहिलेपनि पुरुषको हुनुपर्छ भन्ने छैन् । मुख्य पात्र महिला हुन सक्छन । अहिले विस्तारै विभिन्न हिसाबले फिल्ममा देखाउन खोजिएको छ । धेरै अगाडि सुरु भएको अभियान अझै बढि रहेको छ । हरेक क्षेत्रमा महिला महिला भनेर किन भन्नुपर्यो भन्ने प्रश्न पनि आउछ । तर भित्र हेर्ने हो भने फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिएको छौं त ? हेर्दा स्क्रिन टाइम उस्त दिएका छौं । पात्रको भूमिका पनि सशक्त दिएको छौं भन्ने गर्छौं । तर भित्र अलिकति गहिरिएर हेर्ने हो भने पारिश्रमिक जस्तै अरु विविध पक्षहरुमा पनि मन ठूलो बनाएर हेर्नुपर्ने आवश्यक छ ।’

    यसको साथै, उनले चलचित्र महोत्सवमा फिल्ममा क्यामेरा अगाडि मात्र नभइ पछाडि बसेर पनि मेहेनत गर्ने सम्पूर्ण नारीहरुको लागि भएको बताइन् । सोही कार्यक्रममा कलाकार बसुन्धारा भुषालले कलाकारहरुको अनुशासन हुदैँन् भन्ने कुरा एकदमै गलत भएको भन्दै सुटिङ् गर्ने बेला कलाकारहरु जति अनुशासनमा बस्नुपर्छ त्यो कुनै विद्यालय र कलेजमा नहुने बताइन् । ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिको आयोजनामा ‘चलचित्रमा नारी’ भनेर तीन दिने कार्यक्रम हुन लागेको हो ।

    मंगलबार उद्घाटन समारोहमा ‘सिन्दुर’ चलचित्र प्रदर्शन पनि गरिएको थियो, भोलि दोस्रो दिनमा महोत्सव रहेको छ ।जसअन्तरगत विभिन्न समयमा बनेको नारीप्रधान चलचित्रहरु प्रदर्शन गरिने छ भने तेस्रो र अन्तिम दिनमा विभिन्न महिला चलचित्रकर्मीहरुलाई पुरस्कार वितरण गरिने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ